Sunday, August 2, 2026
Zenith Migration Education
Sunday, August 2, 2026

हमासले बन्धक बनाएको विपिनको खोजीमा आमा र बहिनी इजरायल प्रस्थान

Zenith Migration Education

काठमाडौँ, साउन २६ गते । हमासले बन्धक बनाएका विपिन जोशीका आमा पदमा जोशी र बहिनी पुष्पा जोशी सोमबार इजरायल गएका छन् ।

हमासले बन्धक बनाएका विपिनको खोजीका लागि आमा र बहिनी आज बिहान ९ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।

विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन विपिनकी आमा पद्मा र बहिनी पुष्पा त्यहाँ लागेका हुन् । उनीहरुलाई नेपालका लागि इजरायली दूतावासले नै टिकटको व्यवस्था गरिदिएको हो ।

‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका विपिनलाई हमास समूहले २०८० सालको असोज २० गते बन्धक बनाएको बताइएको छ ।

प्लालेस्टाइनी विद्रोही समूह हमासको कब्जामा रहेको भनिएका जोशीको अवस्थाका बारेमा अहिलेसम्म कुनै जानकारी बाहिर आएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु