सिड्नी (अष्ट्रेलिया) । नेपाली राष्ट्रिय क्रिकेट टोली अष्ट्रेलिया आउँदै छ । अष्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी–२० सिरिज खेल्न नेपाली टोली सोमबार अष्ट्रेलिया आउन लागेको हो ।
नेपालको काठमाडौँमा आइतबार आयोजित कार्यक्रमबीच नेपाल क्रिकेट संघले अष्ट्रेलिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको हो ।
राखेप सदस्य सचिव टंकलाल घिसिङलगायत क्यानका पदाधिकारीले राष्ट्रिय क्रिकेट टोलीलाई नेपालको झन्डा हस्तान्तरण गरेका थिए ।
अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली अष्ट्रेलिया आउन लागेको हो । अष्ट्रेलियाको डार्बिनमा हुने प्रतियोगिता अगस्ट १४ देखि २४ सम्म हुनेछ ।
त्यस्तै, आइतबार ललित राजवंशीकि आमाको निधन भएकाले उनको ठाउँमा शाहव आलमलाई राखिएको छ । क्यानले यसअघि नै टप एण्ड टी–२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो ।



