Tuesday, August 4, 2026
Zenith Migration Education
Tuesday, August 4, 2026

जल्दै गरेको शवबाट हड्डी निकाल्ने दुई जना पक्राउ

Zenith Migration Education

काठमाडौँ । पशुपतिस्थित शवदाह क्षेत्र आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी निकालेर अरूलाई दिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुलदीप चन्दका अनुसार पक्राउ पर्नेमा शव जलाउने कार्यमा संलग्न गणेश ढकाल र उनका सहयोगी रहेका छन् ।

शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ का राम शाही नाम गरेका मृतकको शवबाट हड्डी निकालेर अन्य व्यक्ति (तान्त्रिक)लाई दिएको मृतकका परिवारले आरोपसहितको सूचना प्रहरीलाई दिएपछि दुवै जनालाई नियन्त्रणमा लिएको उनले बताए ।

नियन्त्रणमा लिइएका दुवै जनालाई अहिले प्रहरी वृत्त गौशालामा राखेर सोधपुछ तथा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता चन्दले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु