Thursday, August 6, 2026
Zenith Migration Education
Thursday, August 6, 2026

सिड्नीमा फिल्म ‘पीआर’को भव्य रेड कार्पेट प्रिमियर

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियाको सिड्नीमा शनिबार नेपाली फिल्म पीआरको भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ । सिड्नीको हर्सभिलस्थित इभेन्ट र भि म्याक्स हलमा एकैसाथ चारवटा हलमा गरिएको प्रिमियरमा दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो । आइतबार सिड्नीको बरूउडस्थित इभेन्ट सिनेमामा पनि फिल्मको विशेष प्रिमियर गर्ने कार्यक्रम तय भएको छ ।

निर्देशक शोभित बस्नेत अहिले फिल्मको प्रदर्शनका लागि सिड्नीमा रहेका छन् । प्रिमियरपछि वचन न्युजसँग कुरा गर्दै उनले भने, “सिड्नीमा रहनुहुने दर्शकहरूले फिल्मलाई मन पराउनु भएको छ । यसले हामीलाई निकै उत्साहित बनाएको छ । यति धेरै माया पाएकाले हामी थप विशेष शोहरू गर्ने तयारीमा छौं ।”

अष्ट्रेलियामै छायाँकन र अष्ट्रेलियाका कलाकारहरूको अभिनयका कारण पीआर अहिले स्थानीय नेपाली समुदायबीच चर्चाको विषय बनेको छ । फिल्ममा अष्ट्रेलियामा स्थायी आवास (पीआर) पाउन नेपाली विद्यार्थीहरूले व्यहोरेको संघर्ष, त्याग र पीडालाई यथार्थपरक रूपमा प्रस्तुत गरिएको छ ।

निर्माता रञ्जित शाहका अनुसार, फिल्मले अष्ट्रेलियामा संघर्षरत युवायुवतीको जीवनकथा बोलेको पक्षलाई दर्शकहरूले मन पराएका छन् ।

फिल्ममा आरए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स, मस्तानी र नवीन घायलको अभिनय छ । साथै, विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, दिक्पाल कार्की र उत्तम केसी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु