काठमाडौँ । एएफसी यु– २० महिला एसियन कप छनोटको दोस्रो खेलमा शुक्रबार नेपालले साउदी अरबसँग प्रतिस्पर्धा गर्दै छ । नेपाली समयअनुसार दिउँसो १ः४५ बजे भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सुरु हुने खेलमा नेपालले साउदी अरबसँग प्रतिस्पर्धा गर्ने छ ।
भुटानमा जारी प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा रहेको छ । नेपालले आफ्नो पहिलो खेल भुटानसँग १–१ को बराबरी खेलेको थियो ।
नेपाल समूह ‘ए’मा रहेको छ । जसमा नेपाल र साउदी अरबसहित भुटान, उत्तर कोरिया र मंगोलिया रहेका छन् । समूहको विजेता र उपविजेता टोली १ अप्रिल २०२६ मा थाइल्याण्डमा हुने एएफसी यू– २० महिला एसियन कपमा सहभागी हुन पाउने छन् ।



