Monday, June 29, 2026
Zenith Migration Education
Monday, June 29, 2026

कर्मचारी सरुवा व्यवस्थापनका लागि मन्त्रालयको निर्देशन

Zenith Migration Education

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको वार्षिक सरुवा प्रक्रिया व्यवस्थापन गर्न देशभरका मन्त्रालय, आयोग, सचिवालय, निकाय तथा निजामती कर्मचारीहरूलाई स्पष्ट कार्यविधि सहितको निर्देशन जारी गरेको छ ।

निजामती सेवा ऐन, २०४९ को दफा १८ र नियमावली, २०५० को नियम ३६ अनुसार भदौ महिनाभित्र सरुवा प्रक्रिया सम्पन्न गर्नु पर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै मन्त्रालयले यस वर्षको सरुवा प्रक्रिया व्यवस्थित र समयमै सम्पन्न गर्न आवश्यक कार्यसूची सार्वजनिक गरेको हो ।

मन्त्रालयको सचिव स्तरको बुधबार बसेको बैठकको निर्णय अनुसार अब सरुवाको लागि इच्छुक निजामती कर्मचारीहरूले आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गरी सरुवा निवेदन पेश गर्नु पर्नेछ ।

सरुवा व्यवस्थापन पारदर्शी, समयबद्ध र कार्यसक्षम बनाउन मन्त्रालयले समयमै तयारी गर्न आह्वान गर्दै यस प्रक्रियामा ढिलाइ नगर्न विशेष आग्रह गरेको छ ।कर्मचारी सरुवालाई प्रणालीगत बनाउँदै सेवा अनुभव विस्तार गर्ने उद्देश्यसहित अघि बढाइएको यस प्रक्रिया अन्तर्गत सरुवा चाहने निजामती कर्मचारी र सम्बन्धित कार्यालयहरूले समयसीमा भित्र सबै आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ । सरुवा व्यवस्थापनलाई अझ पारदर्शी बनाउन मन्त्रालयले डिजिटल प्रणालीमा आधारित विवरण अद्यावधिक र समन्वयमा विशेष जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु