Thursday, July 2, 2026
Zenith Migration Education
Thursday, July 2, 2026

गाजामा सहायता बोकेको ट्रक पल्टिँदा २० जनाको मृत्यु

Zenith Migration Education

गाजा सिटी । मध्य गाजा पट्टीमा सहायता खोज्नेहरूको भिडमा सहायता बोकेको ट्रक पल्टिँदा २० जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले बुधबार जनाएको छ ।

मङ्गलबार मध्यरातमा सहायता बोकेको ट्रक सयौँ नागरिक सहायताको प्रतीक्षामा रहेका नागरिक माथि पल्टिँदा बीस जनाको मृत्यु हुनुको साथै दर्जनौँ घाइते भएको गाजाको सुरक्षा निकायका प्रवक्ता महमुद बासलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

इजरायलले पहिले बम प्रहार गरेको असुरक्षित सडकमा ट्रक चलाइरहेको कारण नुसिरात शरणार्थी शिविर नजिकै ट्रक दुर्घटना भएको बासले बताएका छन् ।

हमासले इजरायललाई ट्रक चालकहरूलाई सहायता वितरण केन्द्रहरूमा पुग्न खतरनाक मार्गहरू प्रयोग गर्न बाध्य पारी ‘जानाजानी भोकमरी र अराजकता सिर्जना गरेको’ आरोप लगाएको छ ।”

इजरायलले आधारभूत आवश्यकताहरूका लागि हप्तौँदेखि पर्खिरहेका भोकमरीले ग्रस्त नागरिकहरू सामु जानमा चालकहरूलाई अवरोध गर्ने गरेको हमासको मिडिया कार्यालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु