मेलबर्न (अष्ट्रेलिया) । मेलबर्नको दक्षिणपूर्वमा सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । मङ्गलबार साँझ दुई सवारी साधन एकआपसमा ठोक्किँएर दुर्घटना भएको भिक्टोरिया प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार Ford Falcon र Toyota Corolla एक आपसमा ठोकिएको थियो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



