आवाजा (तुर्कमेनिस्तान) । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भूपरिवेष्ठित विकासशील देशहरू (एलएलडिसी) मा समृद्धिको चालकको रूपमा संरचनात्मक रूपान्तरण, विविधीकरण, र विज्ञान, प्रविधि र नवप्रवर्तन उच्चस्तरीय विषयगत राउण्ड टेबलमा सम्बोधन गरेका छन् ।
तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको साइड इभेन्टका रुपमा प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै भूपरिवेष्टित मुलुहरुको रुपान्तरण कुनै छनोट नभई आवश्यकता भएकामा जोड दिए ।
यसअघि प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच द्विपक्षीय भेटवार्ता भएको थियो ।
तुर्कमेनिस्तानमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा भएको भएको भेटवार्तामा दुई मुलुकबीचको अपसी सम्बन्ध र हितका विविध विषयमा कुराकानी भएको हो । भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।




