Thursday, April 23, 2026
Zenith Migration Education
Thursday, April 23, 2026

तनहुँकी श्रेष्ठ बनिन् मिस नेपाल नर्थ अमेरिका

Zenith Migration Education

तनहुँ । तनहुँको आँबुखैरेनीकी दीया श्रेष्ठले अमेरिकाको न्यूयोर्कमा भएको मिस नेपाल नर्थ अमेरिका– २०२५ को उपाधि चुम्न सफल भएकी छन् । १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले उपाधि जितेकी हुन् ।

उपाधि जितेसँगै श्रेष्ठले अर्को वर्ष हुने मिस नेपालमा सिधै प्रवेश पाउने छिन् । साथै श्रेष्ठ नेपाल पर्यटन बोर्डको सद्भावना दूत बनेकी छन् ।

नेपाली समयानुसार शनिबार राति भएको ग्राण्ड फिनालेमा हाल न्यूयोर्क निवासी श्रेष्ठले ८ औं संस्करणको प्रतियोगिताको उपाधि हात पारेकी हुन् ।

यसैगरी, टेनेसी राज्यकी कृष्मा सुवेदी पहिलो उपविजेता र टेक्सास राज्यकी आर्या कोइराला दोस्रो उपविजेता घोषित भएकी छन् । कलाकार प्रदीप खड्का, आँचल शर्मा, अनुपविक्रम शाही, पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ, सामाजिक संस्था स्नेह केयरकी संस्थापक स्नेहा श्रेष्ठ जजको रुपमा थिए ।

आयोजक संस्था ड्रीम्स युनिभर्सलका प्रमुख शैलेन्द्र श्रेष्ठले प्रतियोगिता उत्साह जनक रुपमा सम्पन्न भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु