Friday, August 28, 2026
Zenith Migration Education
Friday, August 28, 2026

श्रीलंकाको भन्सार आम्दानीमा ऐतिहासिक वृद्धि

Zenith Migration Education

कोलम्बो । श्रीलंकाको भन्सार विभागले सन् २०२५ को पहिलो सात महिनाको अवधिमा करिब १.२ ट्रिलियन श्रीलंकाली रूपैयाँ (झण्डै ४ अर्ब अमेरिकी डलर) बराबरको राजस्व सङ्कलन गरेको जनाएको छ।

श्रीलंका भन्सार विभागका प्रवक्ता सिवाली अरुकगोदाका अनुसार, विभागले केवल जुलाई महिनामै २३१ अर्ब रूपैयाँ (करिब ७७ करोड अमेरिकी डलर) राजस्व सङ्कलन गर्न सफल भएको छ, जुन हालसम्मकै सबैभन्दा उच्च मासिक राजस्व हो। यो राजस्व मुख्यतः सवारीसाधन आयातमा लाग्ने करमार्फत प्राप्त भएको बताइएको छ ।

प्रवक्ता अरुकगोदाले थप जानकारी दिँदै, करिब २८ हजार सवारीसाधनमा कर लगाई विभागले करिब ३०० अर्ब रूपैयाँ (झण्डै १ अर्ब अमेरिकी डलर) राजस्व सङ्कलन गरेको उल्लेख गर्नुभयो ।

श्रीलंकाली सरकारले सन् २०२५ का लागि भन्सार विभागमार्फत २.११५ ट्रिलियन रूपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ। अहिलेसम्मको तथ्याङ्कअनुसार, विभागले सो लक्ष्यभन्दा ११६ अर्ब रूपैयाँले बढी राजस्व संकलन गरिसकेको प्रवक्ता अरुकगोदाले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु