Tuesday, May 5, 2026
Zenith Migration Education
Tuesday, May 5, 2026

इजरायलद्वारा सिरियाली भूभागमा हमला, दर्जनौं हतियार जब्त

Zenith Migration Education

जेरुसेलम । इजरायली सेनाले आइतबार सिरियाको दक्षिणी क्षेत्रमा स्थल (भूपरिचालित) हमला गर्दै हतियार बरामद गरेको र केही व्यक्तिहरूलाई सोधपुछ गरेको जनाएको छ ।

इजरायलको सेनाले दिएको जानकारी अनुसार, गोलान हाइट्स नजिकैको ‘हादेर’ भन्ने स्थानमा एकै समयमा चारवटा ठाउँमा कारबाही गरिएको हो। ती ठाउँहरूबाट धेरै हतियार बरामद भएका छन् भने हतियार तस्करीमा संलग्न भएको आशंकामा केहीलाई सोधपुछ गरिएको छ ।

सेनाले सार्वजनिक गरेको भिडियोमा इजरायली सैनिकहरू बख्तरबन्द गाडी र पैदल रातको समयमा सिरियामा कारबाही गरिरहेको देखिन्छ ।

सेनाका अनुसार, उनीहरू आतङ्ककारी समूहहरूलाई सीमावर्ती क्षेत्रमा बस्न नदिने उद्देश्यले त्यहाँ तैनाथ छन्, ताकि गोलान हाइट्सका नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न सकियोस् ।

सिरियाका राष्ट्रपति बशर अल–असदको सत्ता सन् २०२४ को अन्त्यतिर समाप्त भएपछि इजरायलले बारम्बार सिरियामा आक्रमण गर्दै आएको छ । इजरायलले नयाँ सरकारलाई कट्टरपन्थी (जिहादी) समूह मान्दै उनीहरूलाई हतियार नपरोस् भन्ने हेतुले हमला गर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु