Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

राजनीति छोड्ने अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसको घोषणा

Zenith Migration Education

अमेरिका । पूर्वअमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले राजनीति छोड्ने घोषणा गरेकी छन् । ‘द लेट सो विथ स्टिफन कोल्बर्ट’मा उनले अब क्यालिफोर्नियाको गभर्नर पदसहित कुनै पनि राजनीतिक पदका लागि उम्मेदवारी नदिने बताएकी हुन् । ह्यारिसले अमेरिकाको राजनीतिक प्रणाली आफूले सुधार गर्न नसक्ने गरी बिग्रिएको पनि बताइन् ।

‘‘गभर्नर बन्नेबारेमा मैले धेरै सोचेकी थिएँ । मलाई मेरो राज्य क्यालिफोर्निया मन पर्छ, तर अब मलाई लाग्छ कि प्रणालीमा परिवर्तन ल्याउने मेरो क्षमता कम भएको छ ।’’ क्यालिफोर्नियाको गभर्नर रहेकी ह्यारिसले भनिन्, ‘‘तपाईँ जस्तो सक्षम व्यक्तिले प्रणाली बिग्रिएको भन्नु चिन्ताजनक छ ।’’

उनले थप्दै भनिन्, ‘‘म अब देशभर यात्रा गर्न र मानिससँग कुरा गर्न चाहन्छु । यो यात्रा भोट माग्नका लागि नभएर जनताका कुरा सुन्नका लागि हुनेछ ।’’

उनको नयाँ पुस्तक सेप्टेम्बर २३ मा सार्वजनिक हुँदैछ । जसमा उनले १०७ दिनको राष्ट्रपति चुनाव अभियानको अनुभव उल्लेख गरेकी छन् । ह्यारिस २०२४ को राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पसँग पराजित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु