सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको वार्षिक साधारणसभामा एनआरएनए अष्ट्रेलियाका नवनिर्वाचित पदाधिकारीहरुको सपथग्रहण गराइने भएको छ । सेप्टेम्बर ६ मा एनआरएनएको १५ औं साधारणसभा हुँदैछ ।
आगामी २०२५–२७ कार्यकालका जुलाई २६ मा सम्पन्न भएको निर्वाचनबाट निर्वाचित सन्तोष कुँवर नेतृत्वको टिमलाई सपथग्रहण गराइने भएको हो ।
वर्तमान अध्यक्ष अनिल पोखरेलले एनआरएनए निर्वाचित कुँवर नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्ने भएका छन् । एनआरएनएको जिम्मेवारी हस्तान्तरणसँगै पोखरेलको दुई वर्षे कार्यकाल सम्पन्न हुने छ ।
पोखरेलले भने, ‘‘हामी उत्साह साथ तयारी मा लागेका छौँ । नवनिर्वाचित टिमलाई स्वागत र संस्थाको जिम्मेवारी हस्तान्तरण गर्न ।’’
उनका कार्यकालमा दर्जनौं उल्लेखनीय कामहरू भएका छन् । जसमध्ये एनआरएनएको आफ्नै कार्यलय भवन खरिद गरिएको छ ।
पोखरेल नेपाली समुदायमाझ बहुप्रतिभाशाली नेतृत्वको रूपमा स्थापित व्यक्तित्व हुन् । उनको कार्यकालको सफलतामध्य निर्वाचन पनि एक हो ।




