Wednesday, July 1, 2026
Zenith Migration Education
Wednesday, July 1, 2026

अमेरिकी सेना र राष्ट्रपतिको अस्पतालमा बन्दूकधारी छिरेको हल्लापछि…

Zenith Migration Education

वासिङ्टन (अमेरिका) । अमेरिकी सैनिक र अमेरिकी राष्ट्रपतिको उपचार गर्ने वासिङ्टन बाहिरको वाल्टर रिड अस्पताल बिहीबार केही समयका लागि बन्द गर्नुपरेको छ ।

मेरिल्यान्डको मोन्टगोमरी काउन्टीमा रहेको प्रहरीले सामाजिक सञ्जालमा भनेको छ, “अधिकारीहरूले नक्कली बन्दुक बोकेका एक व्यक्तिलाई पक्राउ गरेपछि आपतकालीन अवस्था अन्त्य भएको छ।”

यसअघि, कम्प्लेक्स सञ्चालन गर्ने नेभी युनिटले भनेको थियो, “सम्भावित सक्रिय आक्रमणकारी ९शूटर० को रिपोटबारे सुरक्षा प्रतिक्रिया दिइरहेको छ र अस्पतालका गतिविधिमा व्यवधान आएको छ।”

विशाल वाल्टर रीड मेडिकल सेवामा घाइते सैनिकको उपचार गरिन्छ । यसलाई अमेरिकी राष्ट्रपतिहरूको उपचार गर्न र उनीहरूको वार्षिक स्वास्थ्य परीक्षण गर्न समर्पित गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु