Thursday, July 2, 2026
Zenith Migration Education
Thursday, July 2, 2026

कुँवर नेतृत्वलाई जिम्मेवारी हस्तान्तरणको तयारीमा अध्यक्ष पोखरेल

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । नवनिर्वाचित सन्तोष कुँवर नेतृत्वको नयाँ कार्यसमितिले केही दिनमा औपचारिक रुपमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको कार्यभार सम्हाल्ने भएको छ ।

आगामी २०२५–२७ कार्यकालका लागि हालै सम्पन्न एनआरएनए अष्ट्रेलिया निर्वाचनबाट निर्वाचित सन्तोष कुँवर नेतृत्वको नयाँ कार्यसमितिले चाँडै औपचारिक रुपमा कार्यभार सम्हाल्ने भएको हो ।

अध्यक्ष अनिल पोखरेल नेतृत्वको वर्तमान कार्यसमितिले निर्वाचित अध्यक्ष सन्तोष कुँवरको टिमलाई एनआरएनए अष्ट्रेलियाको नेतृत्व हस्तान्तरण गर्ने तयारी गरिरहेको छ । विश्वसनीय स्रोतका अनुसार, शपथग्रहण समारोह एजीएम (वार्षिक साधारण सभा) सँगै आयोजना गरिनेछ ।

जुलाई २६ मा सम्पन्न भएको निर्वाचनको नतिजा निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकालको नेतृत्वमा सम्पन्न उक्त निर्वाचनमा डा. राजु मान्धरले न्यू साउथ वेल्स (एनएसडब्लु) राज्य संयोजकको रूपमा भूमिका निर्वाह गरेका थिए । निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नमा सहयोग गर्ने सम्पूर्ण टिमलाई ढकालले धन्यवाद ज्ञापन गरेका थिए भने नव निर्वाचित पदाधिकारीहरूलाई शुभकामना समेत व्यक्त गरेका थिए ।

निर्वाचनको दिन अध्यक्ष अनिल पोखरेल, संस्थापक अध्यक्ष मन केसी, वरिष्ठ समाजसेवी इन्द्रावन, वरिष्ठ पत्रकार हेमन्त काफ्ले लगायत विभिन्न क्षेत्रका अग्रजहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।नयाँ नेतृत्वको शपथ समारोहप्रति मतदाता र समग्र नेपाली समुदायको चासो बढ्दो छ। एकैसाथ नयाँ कार्यसमिति सपथ लिएर जिम्मेवारी सम्हाल्ने तयारीमा रहेको जनाइएको छ। यससँगै एनआरएनए अष्ट्रेलियाको नेतृत्वको नयाँ अध्याय सुरु हुने छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु