सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियालाई केन्द्र बनाएर विध्यार्थीको शैक्षिक परामर्शमा अलग पहिचान बनाएको सक्सेस एजुकेशन एन्ड भिषा सर्भिसेजले आफ्नो दायरालाई फराकिलो बनाउदै काठमाडौँबाट पनि आफ्नो सेवा प्रारम्भ गरेको छ । विदेश अध्ययनको क्षेत्रमा क्रियाशील सक्सेस एजुकेशनले गुणस्तरिय शिक्षा आजको आवश्यकताको नारा बोक्दै अष्ट्रेलियाको राजधानी क्यानबेरा हुँदै सिड्नी नेपालसम्मको आफ्नो यात्रा तय गरेको हो ।
पुतलीसडक, प्रदर्शनी मार्गस्थित नयाँ भवनमा सक्सेस एजुकेशनले आफ्नो सेवा प्रारम्भ गर्दै सहि शैक्षिक परामर्शले नै विद्यार्थीको भविष्य निर्धारण गर्ने हुनाले गुणस्तरिय शिक्षा आजको आवश्यकता रहेको यसका संस्थापक तथा शैक्षिक विज्ञ आर्दशजंग पाण्डेले बताए ।
अमिर थापाको हातबाट रिबन काटेर गरिएको कार्यालय उद्घाटनमा नेपाली कांग्रेस जनसम्पर्क प्रमुख किरण पौडेल, राष्ट्रिय सभा सदस्य जितजंग बस्नेत, कांग्रेस नेताहरू अन्जान लामा, सरोज कुमार थापा, जनसम्पर्क केन्द्रीय सदस्य इन्द्र कमल बुढाथोकी, डा. जगनाथ काफ्ले लगायत राजनीतिक, शैक्षिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरू विशेष अतिथिका रुपमा उपस्थिति भएका थिए ।
विगत १९ वर्षदेखि अष्ट्रेलिया र राजधानी क्यानबेरालाई केन्द्र बनाएर सक्सेस एजुकेशन अगाडि बढाइ रहेका आदर्श जंग पाण्डेले अष्ट्रेलियामा कोही पढ्न जाने सोचिरहनु भएको छ भने जानुअघि त्यहाको वातावरण र वस्तुस्थितिका बारेमा पनि अध्ययन गरेर आउन सल्लाह दिए । पाण्डेले कतिपय सवालमा स्किल माइग्रेसनमार्फत सिधै पिआर आवेदन दिन सकिने जस्ता थुप्रै आयामहरुका बारेमा जानकारी गराएका थिए । उनले शैक्षिक परामर्श पेशा अत्यन्तै संवेशनशिल पेशा रहेको र उनिहरुको सल्लाहले विद्यार्थीहरुको भविष्य निर्धारण हुने हुनाले यसमा सजग हुन समेत आग्रह गरे ।

त्यसैगरी, सक्सेस एजुकेशन काठमाडौँका एमडी विजयराज रिजालले वैदेशिक शिक्षामा जाने इच्छुक विद्यार्थीहरु लागि आवश्यक सहि सल्लाह र सुझावका लागि पुतलीसडकबाट सेवा विस्तार गर्न लागेको बताए । यसअघि पनि शैक्षिक परामर्शका लाग्दै आएको सक्सेसले विद्यार्थीका सहजताको हेतुले यसक्षेत्रमा कार्यालय खोलिएको जनाएको छ ।
सक्सेस एजुकेशनले अष्ट्रेलिया लगायत विभिन्न देशमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूलाई शैक्षिक परामर्श, भिसा प्रक्रिया, स्किल माइग्रेसन लगायतका सेवा प्रदान गर्दै आएको छ।
संस्थाले विगत ८ वर्षदेखि विश्वसनीय र समर्पित सेवा प्रदान गर्दै हजारौं विद्यार्थीलाई सफलतापूर्वक विदेश अध्ययनको यात्रा तय गराउन सहयोग गरेको जनाएको छ । पुतलीसडकस्थित नयाँ स्थानमा सेवा विस्तारसँगै संस्थाले सेवा गुणस्तरलाई अझ प्रभावकारी र सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।



