Thursday, July 2, 2026
Zenith Migration Education
Thursday, July 2, 2026

इक्वेडरमा सशस्त्र आक्रमणकारीद्वारा १४ सर्वसाधारणको हत्या

Zenith Migration Education

क्विटो । इक्वेडरमा आइतबार दुईवटा छुट्टाछुट्टै आक्रमणमा सशस्त्र आक्रमणकारीहरूले एक बालकसहित कम्तीमा १४ जना सर्वसाधारणको हत्या गरेको प्रहरी अधिकारीहरूले बताएका छन् ।

राष्ट्रपति डेनियल नोबोआले गत वर्षको सुरुमा सङ्गठित अपराधविरुद्ध युद्ध घोषणा गरेदेखि सन् २०२४ मा प्रति एक लाख जनसङ्ख्यामा ३८ जनाको दरले हत्या भएको थियोभने इक्वेडर यस क्षेत्रको सबैभन्दा हिंसात्मक राष्ट्र बनेको छ ।

प्रारम्भिक आक्रमणपछि दक्षिणपश्चिमी सहर एल एम्पाल्मेका प्रहरी प्रमुख मेजर ओस्कार भ्यालेन्सियाले लगभग १२ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको बताएका छन् ।

आक्रमणकारीहरूले दोस्रो समूहमा गोली हानेपछि थप दुई जनाको मृत्यु भयो, उहाँले उल्लेख गरेका छन् । भ्यालेन्सियाले दुई ‘पिकअप’ ट्रकमा यात्रा गरिरहेका आक्रमणकारीहरूले पीडितहरूलाई ‘पिस्तौल र राइफल’ को सहयोगमा गोली हानेको बताएका छन् ।

अन्वेषकहरूले घटनास्थलमा कम्तिमा ४० वटा ब्यालेस्टिक प्रमाण फेला पारेका अधिकारीले बताएका छन् । सरकारी तथ्याङ्कअनुसार सन् २०२५ को पहिलो पाँच महिनामा इक्वेडरमा चार हजार ५१ जनाको हत्या भएको छ ।

एक हप्ताअघि दक्षिणपश्चिममा रहेको जनरल भिल्लामिलको पर्यटक रिसोर्टको बारमा पुल खेल्दै गरेका नौ जनालाई सशस्त्र आक्रमण गरी हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु