सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया निर्वाचनअन्तर्गत सिड्नीमा मतदान सकिएको छ । सिड्नीको स्थानीय समयअनुसार शनिबार बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ६ बजे सकिएको हो ।
अष्ट्रेलिया निर्वाचन आयोगका प्रमुख आयुक्त डिल्ली ढकालले केहीसमय अघि निर्वाचन सकिएको जानकारी दिए । उनका अनुसार साँझ ६ बजेसम्म सिड्नीमा तीन हजार एक सय ५७ मत खसेको छ ।
साउथ अष्ट्रेलिया र वेष्ट्रन अष्ट्रेलियालगायत अन्य राज्यमा भने मतदान जारी रहेको छ । ती राज्यमा मतदान सम्पन्न भएपछि निर्वाचन नतिजा सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त ढकालले आजै राति एनआरएनए अष्ट्रेलिया निर्वाचनको अन्तिम नतिजा सार्वजनिक हुने जानकारी दिएका छन् ।



