Friday, July 17, 2026
Zenith Migration Education
Friday, July 17, 2026

एनआरएनए अष्ट्रेलिया निर्वाचनको नतिज आजै सार्वजनिक हुन्छ : प्रमुख आयुक्त ढकाल

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलिया निर्वाचन आयोगले गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचन नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ ।

अष्ट्रेलिया निर्वाचन आयोगका प्रमुख आयुक्त डिल्ली ढकालले कुनै अवरोध नआए शनिबार राति करिब ११ः३० बजेसम्म एनआरएनए अष्ट्रेलिया निर्वाचनको अन्तिम नतिजा आइसक्ने बताएका छन् ।

वचन न्यूजसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त ढकालले सो कुराको जानकारी दिएका हुन् । साथै शनिबार अपराह्न ४ बजेसम्म ११ हजार २७२ मत खसेको प्रमुख निर्वाचन आयुक्त ढकालले बताए ।

उनले एनआरएनए अष्ट्रेलिया निर्वाचनमा आप्रवासी नेपाली समूदायको उत्सहाजनक सभागिता देखिएको बताए । उनले आगामी २०२५–२७ कार्यकालका लागि योग्य व्यक्ति चयन गर्न उत्साहपूर्वक मतदान गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु