Thursday, July 16, 2026
Zenith Migration Education
Thursday, July 16, 2026

आएसीसी सदस्य पदमा जित्ने छु : उम्मेदवार राजेश केसी

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२७) का लागि टिम सन्तोष कुँवरका तर्फबाट अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्य पदका उम्मेदवार राजेश केसीले आफ्नो जितको दाबी गरेका छन् ।

व्यवसायी तथा समाजसेवीको रूपमा चिनिएका केसी लामो समयदेखि अष्ट्रेलियामा बसेर नेपाली समुदायको सेवामा क्रियाशील छन् ।

साथै केसी सिड्नीको ग्रान्डभिलमा रहेको फ्लेवर्स अफ नेपाल नेपाली रेस्टुरेण्टका सञ्चालक समेत हुन् । जुन सिड्नीकै एक चर्चित रेष्टुरेण्टमा पर्दछ ।

समुदायप्रति समर्पित, उद्यमशील र व्यवहारिक नेताको रूपमा परिचित केसीले सामाजिक उत्तरदायित्वलाई सधैं प्राथमिकतामा राख्दै आएका छन् ।

भोलि (शनिबार) अर्थात् २६ जुलाईमा हुने निर्वाचनको पूर्वसन्ध्यामा बृहत् चर्चा र समर्थन प्राप्त गरिरहेका उम्मेदवार केसीले “म भोट माग्न होइन, काम गर्न आएको हुँ । भाषण र आश्वासनको समय सकिएको छ । अब नतिजा दिने बेलाको आवश्यकता छ । मलाई जिताएर सेवा गर्ने अवसर दिनुहोस्, कुनै कसर बाँकी राख्ने छैन,” भनेका छन् ।

समुदायमै आधारित सामाजिक गतिविधिहरूमा निरन्तर सक्रिय रहँदै आएका केसी टिम सन्तोष कुँवरका तर्फबाट उम्मेदवारी दिँदै निर्वाचन अभियानमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु