काठमाडौँ । इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फर्केका छन् । अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात् तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा साउन ८ गते (बिहीबार) उनीहरू काठमाडौँ आएका हुन् ।
परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर उनीहरू फर्केको जानकारी गराएको हो ।
इजरायल र इरानबीच भएको युद्धविराम पश्चात् स्थिति क्रमशः सहज हुँदै गएको छ । ती दुई देशमा द्वन्द्वको अवधिमा सरकारले भारत सरकारलाई अनुरोध गरेर नौ नेपाली स्वदेश फर्केका थिए । भारतीय विमानले तीन लटमा गरी नौ जना नेपाली नागरिकलाई फिर्ता गरेको थियो ।




