Tuesday, July 14, 2026
Zenith Migration Education
Tuesday, July 14, 2026

एनसीसी सदस्यका उम्मेदवार जितेन्द्र श्रेष्ठ भन्छन्, ‘निर्णय मतदाताको हातमा छ’

Zenith Migration Education

सिड्नी, (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि २६ जुलाईमा हुन गइरहेको निर्वाचनमा जितेन्द्र श्रेष्ठले एनसीसी सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

एनएसडब्लु राज्य संयोजन पदका उम्मेदवार राज गुरूङ नेतृत्वको टिमबाट श्रेष्ठले एनसीसी सदस्य पदमा उम्मेदवारी दिएका हुन् । उक्त टिमले अध्यक्ष पदमा सन्तोष कुँवरलाई समर्थन गरेको छ ।

सिड्नीको ओबर्नमा स्थायी बसोबास गर्दै आएका श्रेष्ठ ‘मनोकामना ग्रोसरी’ का सञ्चालक तथा ओबर्न नेपाली कम्युनिटीका पूर्व अध्यक्ष हुन् । करिब एक दशकअघि अष्ट्रेलिया आएपछि व्यवसाय र सामाजिक सेवामा एकसाथ सक्रिय रहेका श्रेष्ठ नेपाली समुदायबीच परिचित नाम हुन् । नयाँ आउने नेपालीहरूलाई रोजगारीका अवसर, बास, सहयोग परामर्श तथा आपतविपदमा साथ दिने व्यक्ति भनेर उनी चिनिन्छन् ।

श्रेष्ठ भन्छन्, “एनआरएनए सिङ्गो नेपाली समुदायको साझा संस्था हो । म यसलाई अझ प्रभावकारी बनाउन, समावेशी नेतृत्व स्थापित गर्न र जनसरोकारका विषयमा अग्रसर भूमिका खेल्न मैदानमा उत्रिएको हुँ ।”

दुई सन्तानका पिता समेत रहेका श्रेष्ठ आफ्नो सेवा भावना, समर्पण र सङ्गठन क्षमताका कारण निरविरोध विजयी हुने सम्भावना भएको उम्मेदवारको रूपमा चर्चामा छन् । तर उनी आफैं भने परिणामबारे संयमित छन्, “निर्णय मतदाताको हातमा छ, सेवा गर्ने अवसर दिनुहोस् ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु