Tuesday, July 14, 2026
Zenith Migration Education
Tuesday, July 14, 2026

नेपालको पासपोर्ट पुनः विश्वकै कमजोर सूचीमा

Zenith Migration Education

काठमाडौँ । नेपालको राहदानी (पासपोर्ट) पुनः विश्वकै कमजोर सूचीमा परेको छ । द हेन्ली पासपोर्ट इन्डेक्सले २०२५ का लागि जारी गरेको सूचीमा नेपाल ९५ औँ स्थानमा रहेको छ । ९९ वटा सूचीमध्ये नेपाल र लिविया ९५ औँ स्थानमा परेको हो ।

नेपालभन्दा पछाडि यमन, सोमालिया, पाकिस्तान, इराक, सिरिया र अन्तिममा अफगानिस्तान रहेका छन् । कमजोर सूचीमा नेपालसँगै बंगलादेश, इरिट्रिया, प्यालेनस्टीयान टेरोटेरी, उत्तर कोरिया, सुडान र श्रीलंका रहेका छन् । दक्षिण एसियाली मुलुकमध्ये भुटान ८४ औँ, भारत ७७ औँ र माल्दिभ्स सबैभन्दा माथि ५३ औँ स्थानमा रहेको छ ।

त्यस्तै शक्तिशाली राहदानीको नम्बर १ मा सिंगापुर, दोस्रोमा जापान र दक्षिण कोरिया रहेको छ ।

त्यसपछि तेस्रोमा डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, आयरल्यान्ड, इटाली र स्पेन रहेका छन् । चौथोमा अष्ट्रिया, बेल्जियम, लक्म्जमबर्ग, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल र स्विडेन रहेका छन् ।

पाँचौँमा ग्रिस, न्युजील्यान्ड, स्वीट्रजरल्यान्ड, छैटौँमा बेलायत, सातौँमा अष्ट्रेलिया, चेकिया, हंगेरी, माल्टा र पोल्यान्ड रहेका छन् ।

त्यस्तै आठौँमा क्यानडा, इस्टोनिया, संयुक्त अरब इमिरेट्स, नवौँमा क्रोएसिया, लेटभिया, स्लोभाकिया र स्लोभेनिया र दसौंमा आइसल्यान्ड, लिथुनिया र अमेरिका रहेका छन् ।

यसअघि वर्ष पनि नेपालको पासपोर्ट कमजोर सूचीमै परेको थियो । द हेन्ली पासपोर्ट इन्डेक्समा नेपालको पासपोर्ट निरन्तर कमजोरमा र्‍यांकमा पर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु