Sunday, July 12, 2026
Zenith Migration Education
Sunday, July 12, 2026

साफ यु –२० च्याम्पियनसिप : उपविजेता टोली स्वदेश फिर्ता

Zenith Migration Education

काठमाडौँ । साफ यु –२० च्याम्पियनसिपमा उपविजेता भएको नेपाली टोली स्वदेश फर्किएको छ । मङ्गलबार स्वदेश फर्किको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लिन अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाह पुगेका थिए ।

प्रतियोगितामा भुटान र श्रीलंकलाई हराएको नेपालले बंगलादेशसँग दुवै खेलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । बंगलादेशको ढाकास्थित बसुन्धरा किङ्स एरिनामा सोमबार भएको लिग चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग नेपाल ४–० ले पराजित भयो ।

योसँगै बंगलादेशले अपराजित रहँदै १८ अङ्कका साथ उपाधि हात पार्‍यो । बंगलादेशसँग दुई हार बेहोरेको नेपालले ६ खेलबाट १२ अङ्क पुर्‍यायो । नेपालले लिग चरणमा श्रीलंकालाई समान ७ गोलले पराजित गरेको थियो । भुटानलाई ६–१ र ८–० ले पराजित गरेको बंगलादेशसँग नेपाल ३–२ ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु