Friday, July 10, 2026
Zenith Migration Education
Friday, July 10, 2026

विद्या भण्डारीको प्रवक्ता नबन्न नेताहरूलाई ओलीको सुझाव

Zenith Migration Education

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न पार्टीका नेताहरुलाई सुझाव दिएका छन् । सोमबारदेखि सुरु भएको पार्टीको नवौँ केन्द्रीय कमिटी बैठकको सुरुवात गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अघिपछि लाग्दै हिँडेका नेताहरूप्रति रोषसमेत प्रकट गरे । उनले चुनाव हारेका नेताहरू पनि भण्डारीको अघिपछि लागेर हिँडेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले पूर्वराष्ट्रपति भण्डारीलाई बालुवाटार नै बोलाएको स्वीकार पनि गरे । तर, भण्डारीले नै लामो समयदेखि पार्टी कार्यालय नगएको भन्दै च्यासलमा भेट्न आग्रह गरेको उनले बैठकमा सुनाए ।

‘‘विद्याजीलाई बालुवाटर नै बोलाएको थिएँ, उहाँले पार्टी कार्यालय देखेको छैन भन्नुभयो । च्यासलमा भेटियो,’’ अध्यक्ष ओलीले भने, ‘‘पूर्व राष्ट्रपति र प्रधानमन्त्री भेट्दा के ठूलो कुरा भयो र तपाईंहरूले ठूलो बनाउनुभएको छ ।’’

उनले विद्या भण्डारीले अहिलेसम्म के गर्छु भनेर खुलस्त नभनिसकेकाले भण्डारीको प्रवक्ता नबन्न पनि सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु