धनगढी । कैलाली कारागारमा कैदीबन्दीको मृत्यु भएको घटनामा पक्राउ परेका नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई)लाई कारागार चलान गरिएको छ ।
जिल्ला अदालतले थुनछेक बहसपछि हरजीत नाथलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणाका अनुसार जिल्ला अदालतको आदेशपछि नाथलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको गत असार २ गते मृत्यु भएको थियो ।
राति कारागारको शौचालयमा लडेको अवस्थामा अचेत भेटिएका उनको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।
पालीकी श्रीमती जानकी सावदले नाथकै योजनामा कारागारभित्र आफ्ना श्रीमानलाई कुटेर हत्या गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।



