Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

एमाले अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटर्वार्ता

Zenith Migration Education

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटर्वार्ता गरेकी छन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा भर्खरै अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटर्वार्ता भएको छ ।

पूर्व राष्ट्रपति भण्डारीले एमालेको पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गरेसँगै पार्टीका उच्चस्तरीय नेतासँगको भेट तीव्र बनाएकी छन् ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

एमाले पोलिटब्युरो बैठकले शनिबार परिमार्जनसहित पार्टीको विधान मस्यौदालाई अनुमोदन गरेको छ । पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय र उनको सक्रिय राजनीतिमा आउने विषयलाई लिएर पार्टीको बैठकमा गम्भीर छलफल भएपछि उनीले अध्यक्षसँग भेट गर्न लागेकी हुन् । आगामी केन्द्रीय कार्य समितिको बैठकले सो विषयलाई छलफलसहित अनुमोदन गर्ने नेताहरूको भनाइ छ ।

पूर्व राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय राजकुमार राईले पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी दिए ।

पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान मस्यौदामा उमेर हद ७० वर्ष र दुई कार्यकाल व्यवस्थालाई खारेज प्रस्तावलाई पोलिटब्युरो बैठकले अनुमोदन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु