सिड्नी (अष्ट्रेलिया) । निर्वाचन आयोगले गैरआवासीय नेपाली संघ (एनआरएनए) निर्वाचन निष्पक्ष हुने बताएको छ ।आइतबार एनआरएनए अष्ट्रेलिया निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै यही जुलाई २६ मा हुने एनआरएनए निर्वाचन निष्पक्ष हुने बताएको हो ।
एनआरएनए अष्ट्रेलिया २०२५–०२७ कार्यकालका लागि चुनाव हुन लागेको हो ।
प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकालले निर्वाचन टुक्राउने नभइ जोड्ने अभियान भएको बताउँदै फरक मत राख्नेहरु समेत यो निर्वाचन उत्सवमा सँगै हुने बताएका छन् । साथै उनले सबैको मत सुरक्षित हुने विश्वास पनि व्यक्त गरे ।
प्रमुख निर्वाचन आयुक्ता ढकालले निर्वाचन आचारसंहिताको पालना गर्न सबै उम्मेदवार तथा मतदातालाई आग्रह गरेका छन् ।
तीन सय ८९ उम्मेदवार चुनावी मैदानमा रहेको एनआरएन अष्ट्रेलिया निर्वाचनमा सबै लाईफ मेम्बर (सदस्य)ले भोट हाल्न पाउने छन् । अनलाइन भोट भने विगतकै भेरो भोटिङमार्फत हुने बताइएको छ ।



