काठमाडौँ । साउन लागेसँगै नेपाली महिलाहरू हरियो चुरापोते अनि मेहेन्दीमा सजिन थालेका छन् । महिलाको शृङ्गारमा मेहेन्दीको पनि महत्त्व छ ।

अविवाहितले राम्रो श्रीमान् भेटियोस् भनेर अनि विवाहितले पती–पत्नीको प्रेम प्रगाढ होस् भनेर मेहेन्दी लगाउने प्रचलन छ । मेहेन्दी जति गाढा लाग्छ, उत्ति नै गाढा माया बस्छ भन्ने विश्वास छ । पछिल्लो समय मेहेन्दीले फेसनकै स्वरूप लिएको छ । यसका अनेकौँ डिजाइन प्रचलनमा छन् ।

मेहेन्दी लगाउने प्रचलन थुप्रै मानिसका लागि आयआर्जनको बाटो पनि बनेको छ । पसलदेखि फुटपाथसम्म मेहेन्दी लगाउने र लगाइदिनेहरू देख्न सकिन्छ । ठाउँ, डिजाइन र गुणस्तर अनुसार यसको मूल्य पनि फरक फरक छ ।









