Friday, May 8, 2026
Zenith Migration Education
Friday, May 8, 2026

लस एन्जलसको प्रहरी तालिम केन्द्रमा विस्फोट, तीन अधिकारीको मृत्यु

Zenith Migration Education

लस एन्जलस (अमेरिका) । अमेरिकाको पूर्वी लस एन्जलसको प्रहरी तालिम केन्द्रमा विस्फोट हुँदा तीन अधिकारीको मृत्यु भएको छ ।

बिबिसीले स्थानीय समयअनुसार शुक्रबार ७ः३० बजे बिस्काइलुज सेन्टर एकेडेमी ट्रेनिङ सेन्टरमा विस्फोट भएको जनाएको छ । उक्त विस्फोटामा परी तीन अधिकारीको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ ।

एकेडेमी लस एञ्जलस काउन्टी शेरिफ विभाग (एलएएसडी) को स्पेशल इनफोर्समेन्ट ब्युरो र अर्सन एक्स्प्लोसिभ्स डिटेल (बम स्क्वाड) को मुख्यालय हो ।

उनीहरू तीनै जना विभागका अनुभवी सदस्यहरू थिए। उनीहरू मध्ये एक जनाले ३३ वर्ष, अर्कोले २५ वर्ष र तेस्रोले १९ वर्ष सेवा गरेको काउन्टी शेरिफ लुनाले बताएका छन् ।

सिबिएसको रिपोर्टअनुसार विस्फोट भएको अघिल्लो दिन बिहीबार सान्ता मोनिकाको एउटा ग्यारेजमा कम्तिमा एक ग्रिनेड फेला परेको थियो । उक्त ग्रिनेडलाई सुरक्षित रूपमा निष्क्रिय गर्न शुक्रबार बम स्क्वाडले तालिम केन्द्रमा ल्याइएको थियो ।
उक्त ग्रिनेड निष्कृय गर्ने क्रममा पार्किङ लट विस्फोट भएको बताइएको छ । यद्यपि, मृतक अधिकारीहरूको नाम प्रहरीले खुलाइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु