Tuesday, April 14, 2026
Zenith Migration Education
Tuesday, April 14, 2026

पार्टी एकता घोषणापछि माधव र बामदेवको अंकमाल

Zenith Migration Education

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता घोषणा भएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा दुई पार्टीबिच एकता घोषणा भएको हो ।

एकता घोषणापछि दुई नेता माधव नेपाल र बामदेव गौतम अंकमाल गरी खुसी साटेका छन् । यसैगरी उनीहरुले सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसालसँग पनि अंकमाल गरी खुशी साटेका छन्

कार्यक्रममा एकता राष्ट्रिय अभियानका केन्द्रीय सदस्यहरुलाई माधव र वामदेव दुवैले स्वागत गरेका थिए ।

गौतमले एकीकृत समाजवादीसँगको एकता प्रयास चार वर्षपछि सफल भएको बताएका थिए । एकीकृत समाजवादीमा गौतमलाई वरिष्ठ नेताको जिम्मेवारी दिने तय भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु