Saturday, May 9, 2026
Zenith Migration Education
Saturday, May 9, 2026

नेकपा एस र नेकपा एकता राष्ट्रिय अभियानबिच पार्टी एकता

Zenith Migration Education

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानबिच एकता भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा भएको समारोह गरी दुई पार्टीबिच एकता भएको घोषणा गरेको हो । 

एकता घोषणासभामा नेकपा एसका अध्यक्ष माधवकमाुर नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका नेता बामदेव गौतमलगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

समारोहमा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले एकीकृत समाजवादीमा समाहित भएको घोषणा गरेका थिए । 

पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाल एकता राष्ट्रिय अभियानका संयोजक गौतमले १० वर्षभित्र समाजवाद निर्माण गरेर युरोपका मुलुकको अवस्थामा पुग्ने बताएका छन् ।

साथै उनले आफू चार वर्ष अघिनै एकीकृत समाजवादीमा आएको भए अहिलेसम्म समाजवाद सुरु भइसक्ने जिरि पनि गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु