Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

एनआरएनए अष्ट्रेलियालाई सफल संस्थाको रुपमा स्थापना गर्ने श्रेष्ठको प्रतिबद्धता

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । यही जुलाई २६ मा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसि अष्ट्रेलिया निर्वाचका सदस्य पदका उम्मेदवार विरेन्द्र श्रेष्ठले एनआरएनए अष्ट्रेलियालाई बलियो र सफल संस्थाको रुपमा स्थापना गर्न काम गर्ने बताएका छ ।

सन् २०१० देखि विभिन्न संस्थामा आबद्ध रहेर यहाँका नेपाली समाजका लागि निरन्तर रुपमा काम गरिरहेको जनाउँदै उनले एनआरएनए आइसिसि निर्वाचनमा अत्यधिक मत दिइ सो अवसर प्रदान गर्न अनुरोध गरेका छन् ।

‘‘एनआरएनए आइसिसि २०२५–०२७ कार्यकालका लागि सदस्य भइ काम गर्ने इच्छ भएको हुँदा आफूलाई मतदान गरी विजयी गराइदिनहुन अष्ट्रेलियामा रहने गैरआवासीय नेपाली समुदायलाई पुनः अनुरोध गर्दछुँ ।’’ उनले भने ।

उनले भने, ‘‘तपाईहरुको साथ सहयोग र हौसलाले हाम्रो समुदायको हक हितका लागि अझ धेरै काम गर्न मौका मिल्ने छ भन्ने आशा लिएको छु ।’’

सिड्नीमा रहेको नेपाली फुटबल क्लब St. George Nepalese Football Club का अध्यक्ष समेत रहेका श्रेष्ठले एनआरएनए एनसिसिको २०१३–०१५ सम्म सदस्य रुपमा काम गरिसकेका छन् ।

श्रेष्ठले अष्ट्रेलियामा बस्ने नेपाली आप्रवासी तथा विश्वभर छरिएर रहेका नेपालीहरुको आवाज सुन्ने र समस्याको उचित समाधान गर्न लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै उनले संस्थालाई पारदर्शी र प्रभावकारी ढङ्गले सञ्चालन गर्न सशक्त रुपमा लाग्ने र कोही कसैलाई समस्या परे तत्काल आफू र आफ्नो संस्थता मार्फत सहयोग गर्न प्रतिबद्ध रहने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु