Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

साउनका लागि बैंकहरूले घटाए ब्याजदर

Zenith Migration Education

काठमाडौं । साउन महिनाका लागि बैंकहरुले ब्याजदर घटाएको छ । जेठ र असार महिनामा स्थिरजस्तै रहेको ब्याजदर साउन महिनाका लागि फेरि घटेको हो । नेपाल राष्ट्र बैंकको दबाबपछि अधिकांश बैंकहरूले साउन महिनाका लागि घटाएर निक्षेप ब्याजदर सार्वजनिक गरेका छन् ।

गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दरलाई ५ बाट ४.५ प्रतिशतमा झारेको घोषणा गरेको थियो । त्यस्तै स्थायी तरलता सुविधा दर ६.५ बाट ६ प्रतिशत र स्थायी निक्षेप सुविधा सङ्कलन दर ३ बाट २.७५ प्रतिशतमा झारियो । यसले बैंकहरूलाई ब्याजदर घटाउनका लागि दबाब पुगेको हो ।

बैंकहरूले बुधबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार असारको तुलनामा साउनमा व्यक्तिगत मुद्धतीको अधिकतम औसत ब्याजदर ०.२१५ प्रतिशत बिन्दुले घटेको छ ।

असार महिनाका लागि व्यक्तिगत अधिकतम मुद्धतीको औसत ब्याजदर ५.९०२ प्रतिशत रहेकोमा साउन महिनाका लागि यो ५.६८७ मा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु