Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छः सभापति देउवा

Zenith Migration Education

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । मङ्गलबार काठमाडौँमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए ।

लगानीकर्तालाई दुःख दिने कुरा सरकारले सोच्नै नसक्ने बताए । उनले उत्पादित विद्युतको खपत र व्यापार गर्ने दायित्व सरकारको भएको पनि उल्लेख गरे । यसका लागि निजी क्षेत्रलाइ पनि सहभागी गराउनु जरुरी रहेको बताए । जलविद्युत आयोजनाहरुको आइपिओ निष्कासन रोक्नु गलत भएको र धितोपत्र बोर्डले चाँडै शेयर निष्कासन गर्ने जानकारी दिए । उर्जा क्षेत्र नेपालमा प्रकृतिले दिएको सम्पत्ति भएको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले ग्रिन इनर्जीमा बढी जोड दिन पनि आग्रह गरे ।

सभापति देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा प्राप्त उपलब्धिको पछि देशले अघि बढाएको उदारवाद निजीकरणको नीति रहेको बताए । यसको कार्यान्वयनका क्रममा भएका कमजोरीको अन्त्य गरी निजी क्षेत्रलाइर्ए थप प्रोत्साहित गर्नुपर्ने जिकिर गरे ।

निजी क्षेत्रबाट उत्पादन बढ्दै जानु खुशीको कुरा भएको उल्लेख गर्दै आज देशभित्र लोडसेडिङ नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु