Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

कुलिङ पिरियड छेडखानीः संसदीय समितिद्वारा छानविन प्रक्रिया शुरु

Zenith Migration Education

काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको भनिएको त्रुटी र छेडखानीबारे अध्ययन गर्न गठित संसदीय विशेष समितिले छानविन प्रक्रिया शुरु भएको छ ।

आइतबारबाट समितिले आफ्नो छानविन प्रक्रिया शुरु गरेको हो । सङ्घीय संसद सचिवालयका सचिव सुरजकुमार दुरासँग बयान लिएर अनुसन्धानलाई औपचारिक रुपमा अघि बढाएको समितिका संयोजक जीवन परियारले बताए । प्रतिनिधि सभाबाट पारित विधेयकको प्रतिवेदनमा भएको गम्भीर त्रुटीको कारण पत्ता लगाउने कार्यादेश पाएको समितिले सचिव दुरालाई बोलाएर सोधपुछ गरेको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भई प्रतिनिधि सभामा पेस भएको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ को प्रतिवेदनमा नभएको विषय थपिएपछि विवाद सिर्जना भएको थियो । विधेयकको दफा ८२ मा उपदफा ९४० थपिएपछि त्यसले उपदफा ९५० को व्यवस्थासँग कानुनी तादात्म्यता नमिलेको भन्दै प्रश्न उठेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु