Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

हरेक नेपालीको पसिना र मेहनतको कदर गर्छु : क्याप्टेन लामा

Zenith Migration Education

अष्ट्रेलिया (सिड्नी) । कलाकार एवम् ब्रानड एम्बेसड क्याप्टेन विजय लामाले हरेक नेपालीको पसिना र मेहनतको कदर गर्ने बताए । आइतबार युनाइटेड पे रेमिटको उद्घाटनका क्रममा क्याप्टेन लामाले सो कुरा बताएका हुन् ।

‘‘म युनाइटेड पे रेमिटसँग आवद्ध हुनुको पछाडि एउटै कुरा छ, म हरेक नेपाली दिदीबहिनी दाजुभाईलाई हृदयबाट माया गर्छु ।’’ उनले उद्घाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै भने, ‘‘तपाईंहरु पसिना, मेहनत, इमान र बिरताको कदर गर्छु । त्यसकार आज म यहाँ आएको हुँ ।’’

युनाइटेड पे रेमिटको उद्घान गर्न शनिबार बिहान लामा सिड्नी आइपुगेका थिए । आइतबारबाट सिड्नीमा सञ्चालनमा आएको ‘युनाइटेड पे रेमिट’मार्फत नेपाली समुदायले सुरक्षित, छिटो र कानुनी माध्यमबाट नेपाल पैसा पठाउन सक्नेछन् ।

नेपाल राष्ट्र बैंकमा दर्ता भएर अष्ट्रेलियाबाट पैसा पठाउने अनुमति पाएको गुडविल रेमिट प्रा.लि अन्तर्गतको युनाइटेड पे रेमिटले आइतबार अष्ट्रेलियाबाट आफ्नो सेवा प्रारम्भ गरेको हो ।

युनाइटेड पे रेमिटको उद्घाटनका कार्यक्रममा एनआरएनएका संस्थापक मन केसी, न्यू बरउड काउन्सीलका काउन्सिलर सुकिर्ति भट्ट, एएनजेएका अध्यक्ष कृष्ण तिवारी, वरिष्ठ पत्रकार हेमन्त काफ्ले, जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष शुरेस रानसिंह गुरूङलगायत अन्य व्यक्तित्वहरुको उपस्थिति थियो ।

वरिष्ठ पत्रकार काफ्लेले कार्यक्रमलाई सम्बोधन गर्दै विगत लामो समयदेखि अष्ट्रेलियाबाट नेपाल गैरकानुनी रूपमा नेपाल पैसा पठाइँदै आएकोमा अब कानुनी बाटो अपनाई त्यस्तो अपराधिक कार्य रोक्न र राष्ट्रलाई न्याय दिन युनाइटेड पे रेमिट सञ्चालनमा आएको जानकारी दिए । साथै वरिष्ठ पत्रकार काफ्लेले विगत विगत डेढ दशकदेखि निरन्तर पत्रकासरिता क्षेत्रमा कलम चलाउँदै आएको बताए । कानुनी रुपमा नेपाल पैसा पठाउनका लागि युनाइटेड पे रेमिट सञ्चालनमा आउनु राम्रो पक्ष भएको पत्रकार काफ्लेले जानकार दिए ।

उनले भने, ‘‘आज कानुनी प्रक्रिया पूरा गरी औपचारिक रूपमा सञ्चालित रेमिट्यान्स सेवाको सुरुआत हुनु एक अत्यन्तै सकारात्मक र स्वागतयोग्य पहल हो । यसले दीर्घकालीन रूपमा मुलुकको आर्थिक विकासमा योगदान दिनेछ । यस्तो पहलको सफलताको शुभकामना व्यक्त गर्दै, म आफ्नो कलमबाट खबरदारी र सचेतना अभियान भने निरन्तर जारी राख्ने प्रतिबद्धता गर्दछु ।’’

युनाइटेड पे रेमिटका ग्लोबल निर्देशक सुसिल पोखरेले अन्त्यमा सहभागी सबैलाई धन्यवाद दिएपछि कार्यक्रमको समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु