Thursday, May 7, 2026
Zenith Migration Education
Thursday, May 7, 2026

सिड्नीमा कविता महोत्सवको आयोजना गरी मनाइयो भानुजयन्ती

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) ।नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), एनएस डब्ल्यू अष्ट्रेलियाले विशेष कविता महोत्सवको आयोजना गरी मनाइएको छ । प्रिशा इभेन्ट ब्ल्याकटाउन सिड्नीमा शनिबार सम्पन्न कविता महोत्सवमा करिब ३६ जना कविले कविता वाचन गरेर गरेका थिए ।

भानुभक्तको तस्विरमा माल्यार्पण गरेर शुरु गरिएको सो कार्यक्रममा दमन्ती पराजुलीले भानुभक्तको कविता वाचन गरेर भानुप्रति श्रद्धा सुमन व्यक्त गरिएकी थिइन् । साथै सिड्नीमा रहेका पुराना तथा नयाँ साहित्यकार र नेपालबाट आएका साहित्यकारहरुले कार्यक्रममा भाग लिएका थिए ।

साहित्यकारहरु महेन्द्र पौडेल, सानु घिमिरे, निस्प्रभ सजी, जेनिशा गौतम, जितेन्द्र मल्ल, महेश्वर शर्मा, सौरभ किरण श्रेष्ठ, प्रज्ञा पनेरु, सुरेन्द्र दवाडी, प्रकाश पन्थी, रिचा गौतम, जानकी पौडेल, र ज्ञानुवाकर पौडेले कार्यक्रममा कविता वाचन गरेका थिए ।

यसैगरी, त्रिपुरा पौडेल, सन्तोष शर्मा, डा गणेश केसी, जिवराज घिमिरे, सुमन थापा संगम, मुक्तिरम पोख्रेल, चतुर्भुज खरेल, डा. प्रकाश पौडेल, भावना पराजुली, विष्णु घिमिरे, आयाम घिमिरे, डा. राजु मानन्धर, राम कोइराला, नेत्र पौडेल र सन्तोष रिजाललगायतले आफ्ना कविता वाचन गरेका थिए ।

साथै, कार्यक्रमका लागि सहयोग पुर्‍याउने अनिल पोख्रेल, रञ्जित शाह, चतुर्भुज खरेल, बिनोद कुँवर र मनकाश पियालाई अनेसास अध्यक्ष तथा महासचिवद्वारा “टोकन अफ लभ” प्रदान गर्दै सम्मान गरिएको थियो । त्यस्तै, कार्यक्रम संयोजनमा विशेष भूमिका निर्वाह गरेकी जेनिशा गौतम तथा मिडिया सहयोगी जीवन रायमाझीलाई पनि विशेष सम्मान गरिएको थियो ।

त्यस्तै, कविता महोत्सव कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेल, अनेसास, एनएस डब्ल्यु अष्ट्रेलियाका पूर्व अध्यक्षद्वय महेन्द्र पौडेल र सानु घिमिरेले संयुक्त रुपमा “अनेसास बोर्ड अफ अनर” को उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन अष्ट्रेलियाका अधक्ष्य पोख्रेलले एनआरएनए अस्ट्रेलियामा रहेको साहित्य तथा भाषा विभागलाई सक्रिय पार्न साहित्यकारहरुलाई अनुरोध गरेका थिए ।

उनले एनआरएनए अष्ट्रेलिया, नेपाली भाषा र साहित्यको उत्थानमा कटिबद्ध भएको भन्दै आउने दिनमा उपलब्धिमूलक सहकार्य गर्नुपर्ने आवश्यकता भएको बताएका थिए । कार्यक्रमलाई प्रायोजन गर्ने संस्थाका अध्यक्ष र महासचिवले “टोकन अफ लभ” हस्तान्तरण गरेका थिए ।

सन् २०११ मा अनेसास, एनएसडब्ल्यु, अष्ट्रेलियाको स्थापना भएदेखि नै प्रत्येक वर्ष कविता महोत्वसको आयोजना गरिँदै आएको थियो । तर कोभिड महामारिका कारण बन्द भएको कविता महोत्वस यो वर्षबाट पुनः सुरु गरिएको संस्थाका महासचिव भावना पराजुलीले बताइन् ।

कार्यक्रमलाई संस्थाका अध्यक्ष डा. प्रकाश पौडेलले सभापतित्व गरेका थिए भने महासचिव पराजुलीले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु