अष्ट्रेलिया (सिडनी) । कलाकार एवम् ब्रानड एम्बेसडर क्याप्टेन विजय लामा सिडनी आइपुगेका छन् । युनाइटेड पे रेमिटको उद्घाटन गर्नु लामा शनिबार बिहान मलेसियन एरलाइन्सबाट सिडनी आइपुगेका हुन् । क्याप्टेन लामासँगै युनाइटेड पे रेमिट कम्पनीको अष्ट्रेलिया प्रमुख सुशील पोखरेल पनि शनिबारै सिड्नी आइपुगेका छन् ।
युनाइटेड पे रेमिट अष्ट्रेलियाका प्रमुख पोखरेलले आइतबार युनाइटेड पे रेमिटले अष्ट्रेलियाबाट सेवा प्रारम्भ गर्ने जानकारी दिए ।

उनका अनुसार अब ‘युनाइटेड पे रेमिट’मार्फत नेपाली समुदायले सुरक्षित, छिटो र कानुनी माध्यमबाट नेपाल पैसा पठाउन सक्नेछन् । नेपाल राष्ट्र बैंकमा दर्ता भएर अष्ट्रेलियाबाट पैसा पठाउने अनुमति पाएको गुडविल रेमिट प्रा.लि अन्तर्गतको युनाइटेड पे रेमिटले आइतबार अष्ट्रेलियाबाट आफ्नो सेवा प्रारम्भ गर्दैछ ।

क्याप्टेन लामाको स्वागतका लागि पोखरेल ब्लोबल निर्देशक समेत रहेका पोखरेल र ओबर्न नेप्लिज कम्युनिटिका अध्यक्ष अरूण श्रेष्ठलगाएतका व्यक्ति सिडनी एयरपोर्ट पुगेका थिए । आज उनी पत्रकार तथा सुभचिन्तकहरूसँग भेटघाटमा व्यस्त छन् ।



