Sunday, May 3, 2026
Zenith Migration Education
Sunday, May 3, 2026

लहैलहैमा नलाग्न युवा विद्यार्थीलाई उपप्रधानमन्त्री सिंहको आग्रह

Zenith Migration Education

काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह गरेका छन् । नेपाली कांग्रेस नागार्जुन नगरपालिका–२ ले आयोजना गरेको एसइई सम्मान कार्यक्रममा बोल्दै उनले देशमा केही हुँदैन भनेर युवा पुस्तालाई भ्रमित गर्ने प्रयास भइरहेको भन्दै यस्तो आग्रह गरेका हुन् ।

‘‘देशमा केही भएन, हुँदैन भनेर गलत भाष्य बनाउन खोजिएको छ । जसले जे भन्यो त्यसलाई पत्याएर लहैलहैमा लाग्नुहुँदैन । युवा विद्यार्थीले सत्यतथ्य के हो ? विवेकको प्रयोग गरेर बुझ्नुपर्छ,’’ उपप्रधानमन्त्री सिंहले भने, ‘‘लहै लहैमा नलागौं । केही भएन भन्ने सत्य होइन । विगतमा के थियो र अहिले के परिवर्तन भएको छ युवा विद्यार्थीहरूले आफ्नै अग्रज र अभिभावकहरूसँग सोध्नुभयो भने थाहा हुन्छ । धेरै कुरा भएको छ, अझै गर्न बाँकी धेरै छ ।’’

उनले अहिले नेपालमा शिक्षा क्षेत्रमा विगतमा भन्दा धेरै प्रगति भएको बताए । आफूहरू विद्यार्थी हुँदा अध्ययनका लागि विषय छनोटको सिमितता रहेको भन्दै उनले अहिले नेपालमै बसेर अन्तर्राष्ट्रियस्तरको शिक्षा प्राप्त गर्न सकिने अवस्था बनेको बताए । ‘‘तपाईं हामीले नै हो नेपाल बनाउने । देशलाई विकास निर्माणको बाटोमा देशलाई अगाडि बढाउने,’’ उपप्रधानमन्त्री सिंहले भने । अध्ययनका लागि विदेश जानुपर्ने बाध्यता अहिले नरहेको भन्दै देशमै बसेर उच्च शिक्षा लिन पनि सिंहले विद्यार्थीहरूलाई आग्रह गरे ।अध्ययनका लागि विदेश जानुपर्ने बाध्यता अहिले नरहेको भन्दै देशमै बसेर उच्च शिक्षा लिन पनि सिंहले विद्यार्थीहरूलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु