Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

जनसङ्ख्याका चुनौती सम्बोधन गर्न राष्ट्रिय जनसङ्ख्या नीतिः स्वास्थ्यमन्त्री पौडेल

Zenith Migration Education

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जनसङ्ख्या वृद्धिदर घट्दै गएको र युवा जनसाङ्ख्यिकीय लाभांश लिन नसकिएको र जनसाङ्ख्यिकीय चुनौती सम्बोधनका लागि सरकारले प्रयास थालेको बताएका छन् ।

विश्व जनसङ्ख्या दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाल सरकारबाट हालै राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ स्वीकृत भएको जानकारी दिए ।

‘‘नेपालको अहिले देखिएको जनसाङ्ख्यिकीय चुनौतीलाई समाधान गर्न यो नीतिलाई मार्गदर्शनका रूपमा अङ्गीकार गर्दै तीनै तहका सरकारमार्फत प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन हुने विश्वास लिएको छु,’’ उनले भने ।

नेपालको जनसङ्ख्याको वर्तमान बनावट, वितरण र संरचनासँगसँगै देखापरेका अवसर र चुनौतीहरूलाई उचित सम्बोधन गर्न सरकारले प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको भन्दै मन्त्री पौडेलले सन्देशमा भनेका छन् ।

‘‘ज्येष्ठ नागरिकहरूको सङ्ख्या वृद्धि हुँदै गएको सन्दर्भमा उनीहरूको ज्ञान, सिप र क्षमतालाई अन्तरपुस्ता सञ्चार गर्न, युवा जनसंख्याले चाहेजस्तो पारिवारिक आकार र वातावरण निर्माण गर्न तथा पारिवारिक सद्भाव कायम राख्न जनसङ्ख्याको प्रभावकारी व्यवस्थापन गर्नु आजको आवश्यकता हो,’’ मन्त्री पौडेलले भने ।

मन्त्री पौडेलले राष्ट्रिय जनसङ्ख्या नीतिको कार्यान्वयनमा सम्बन्धित सबै पक्षको सहयोग र सकारात्मक सुझावको अपेक्षा गर्दै विश्व जनसङ्ख्या दिवसको सन्देशलाई साकार पार्न हामी सबैको साझेदारी तथा समन्वयको अपेक्षा गरेको छु। नेपालको जनसङ्ख्यालाई उच्चतम सदुपयोग गर्न तथा युवा पुस्ताको सपना साकार पार्ने अभियानमा एकताबद्ध हुन आह्वान पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु