Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

Zenith Migration Education

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै छ । केन्द्रीय बैंकले शुक्रबारको सञ्चालक समितिको बैठकबाट स्वीकृत गरेपछि आर्थिक वर्ष २०८२/०८३को मौद्रिक नीति सार्वजनिक गर्ने छ । राष्ट्र बैंकले आज ल्याउन जालेको मौद्रिक नीति ५९ औँ हो ।

विसं. २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना भए पनि २०२३ सालदेखि मौद्रिक नीति ल्याउन थालिएको हो । आर्थिक वर्ष २०५९–६० देखि भने गर्भनरबाट मौद्रिक नीति सार्वनिक गर्ने व्यवस्थाको सुरुवात भएको हो ।
नयाँ गभर्नरको रुपमा डा. विश्वप्रकाश पौडेललको यो पहिलो मौद्रिक नीति हो ।

मुलुकभित्र हुने पैसा (मुद्रा) को व्यवस्थापन, महँगी नियन्त्रण, मुलुकले बाहिरबाट प्राप्त गर्ने आम्दानी र खर्च सन्तुलन र वित्तीय क्षेत्रको स्थायित्व मौद्रिक नीतिका उद्देश्य हुन्छन् । यसै उद्देश्य अनुसार सरकारले ल्याएको नयाँ बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि र मूल्य वृद्धिलाई ५.५ प्रतिशत सीमामा राख्ने लक्ष्यलाई सहयोग पुग्ने गरेर मौद्रिक नीति आउने भएको छ । यसका लागि मौद्रिक नीतिले करिब ११ प्रतिशतको कर्जा विस्तारको लक्ष्य लिनुपर्ने हुन्छ ।

बजेटमा घोषणा भएअनुसार नै राष्ट्र बैंकले केही समय अघि मात्रै चालु पुँजी कर्जा मापदण्ड लागू हुने अवधि एक वर्ष पछि धकेलेको छ भने समस्यामा रहेका साना ऋणीको भाका दुई वर्षलाई सार्ने सुविधा दिएको छ ।

मौद्रिक नीतिले पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्तता हटाउन प्रयास गर्ने देखिएको छ । सरकारले समस्यामा परेका क्षेत्रलाई थप कार्यशील पुँजी (वर्किङ क्यापिटल) प्रवाह गर्ने बजेटम उल्लेख गरेको छ । यही अनुसार चालु पुँजी कर्जामा मौद्रिक नीति थप लचिलो हुन सक्ने मानिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु