Monday, June 29, 2026
Zenith Migration Education
Monday, June 29, 2026

एनआरएनए अष्ट्रेलियाको आइसिसी सदस्य पदमा केसीको उम्मेदवारी घोषणा

Zenith Migration Education

सिड्नी, (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आइसिसी सदस्य पदमा राजेश केसीले उम्मेदवार दिने घोषणा गरेका छन् । सामाजिक अभियन्ताका रुपमा क्रियाशील रहँदै आएका सिड्नी निवासी केसी यहाँको नेपाली समाजमा स्थापित नाम हो ।

यहाँका नेपाली समुदायमा आइपर्ने समस्या समाधानप्रति सधैँ अग्रसर रहँदै आएका केसीको यो उम्मेदवारीलाई प्रायसको समर्थन रहेको पाइन्छ ।

केसी भन्छन्, ‘‘अग्रज र समकालीनहरूले दिनुभएको उत्साह र साथ मिल्ने भएपछि मैले उम्मेदवारी दिने निर्णय गरेको हुँ ।’’ मन, वचन र कर्मले अष्ट्रेलियामा रहेका प्रवासी नेपालीहरूलाई साथ दिँदै अगाडि बढेका केसीलाई इमान्दार व्यक्तिको रूपमा हेर्ने गरिएको छ ।

अष्ट्रेलियास्थित नेपाली समुदाय माँझ रहेर उतारचढाब पार गर्दै आएका केसीले स–गौरब गैरआवासीय नेपाली संघको आइसिसी सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणासँगै आगामी दिनमा नेपाली समुदायप्रति दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै केसीले सबैको साथ, सहयोग, सद्भाव, माया र हौसलाको अपेक्षा समेत राखेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु