Sunday, June 28, 2026
Zenith Migration Education
Sunday, June 28, 2026

कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ

Zenith Migration Education

काठमाडौँ । प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा डा दीपक अर्यालले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुलपति ओलीसमक्ष उपकुलपति डा. अर्यालले सपथ लिएका हुन् । कार्यक्रममा सहकुलपति एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी थिए । कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा. अर्याललाई आज नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु