काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च अङ्कको आर्थिक वृद्धि हासिल गर्न पूर्वाधारमा लगानी आवश्यक रहेको बताएका छन् ।
ललितपुरमा नेपाल उद्योग परिसंघको २२ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले दिगो पूर्वाधार विकास समग्र आर्थिक विकासको मेरुदण्ड भएको बताए । सोही अवधारणालाई आत्मसाथ गर्दै सन् २०१४ देखि हरेक दुई वर्षमा पूर्वाधार सम्मेलन गर्दै आएको उल्लेख गरे ।
सूचना प्रविधि क्षेत्र मुलुकको आर्थिक विकासको अभिन्न अङ्गको रुपमा तीव्र गतिमा अगाडि बढेको बताए । उद्योगहरुमा नियमित विद्युत आपूर्ति नभएको कारणले उत्पादन लागत समेत बढ्न नसकेको उनको गुनासो छ । एकातिर बैंकमा लगानीयोग्य रकम बढ्दै गएको र अर्कोतर्फ विगतमा नियामक निकायले लिएको नीतिका कारण लगानीकर्ता लगानी गर्न नसकिरहेको उल्लेख गरे ।
उनले भने, ‘‘उच्च अङ्कको आर्थिक वृद्धि हासिल गर्न पूर्वाधारमा लगानी आवश्यक छ । दिगो पूर्वाधार विकास समग्र आर्थिक विकासको मेरुदण्ड पनि हो । सोही अवधारणालाई आत्मसाथ गर्दै सन् २०१४ देखि हरेक दुई वर्षमा पूर्वाधार सम्मेलन गर्दै आएका छौं ।’’ उनले सरकारले सुरु गरेको केही कानुनी एवम् नीतिगत सुधार महत्त्वपूर्ण रहेको बताए ।



