Tuesday, June 30, 2026
Zenith Migration Education
Tuesday, June 30, 2026

अबदेखि केन्द्रीय समितिका बैठकको लाइभ हुन्छः सभापति देउवा

Zenith Migration Education

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले आगामी दिनमा केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
पार्टी केन्द्रस्य कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकमा नेताहरुको प्रश्नको जवाफ दिँदै पार्टी सभापति शेरबहादुर देउवाले आगामी दिनमा बस्ने केन्द्रीय समितिको बैठकको सबै प्रत्यक्ष प्रसारण हुने बताएका हुन् ।

उनका अनुसार प्रत्यक्ष प्रसारण गरेको भए केन्द्रीय समितिको बैठक अझ राम्रो हुने छ । केन्द्रीय समितिमा नेताहरुले बोलेका कुराहरु बाहिर गएर सबै सञ्चारकर्मीहरुसँग भन्ने गरेको भन्दै भित्र सञ्चारमाध्यमलाई प्रवेश गर्न दिनु र नदिनुको अर्थ नरहने बताए । आगामी दिनमा सबै केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण हुने घोषणा गरे ।

उनले भने, ‘यसको प्रत्यक्ष प्रसारण गर्न पाएको भए राम्रो हुने रहेछ, यहाँ भएका सबै कुराहरु बाहिर गएर नेताहरु बोलिहाल्ने रहेछन् । अबदेखि प्रत्यक्ष प्रसारणको समझदारी लागू गर्ने हो । सबै साथीहरुलाई बोल्ने इच्छा छ, राम्रो बोल्छन् सबै । सबैलाई लाइभमै बोल्ने इक्षा पनि छ ।’’

सभापति देउवाले मिडियामा आफ्ना भनाइहरु लैजाने चाहना सबै नेताहरुलाई रहेकाले आगामी दिनमा प्रत्यक्ष प्रसारण हुने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु