Friday, May 8, 2026
Zenith Migration Education
Friday, May 8, 2026

खेतीयोग्य जमिन १६.६ प्रतिशत घट्यो

Zenith Migration Education

२०७८ को जनगणनाअनुसार नेपालमा अक्सर खेतीयोग्य भूमिमा शहरीकरण हुने गरेको पाइएकोे छ । नेपालमा २०६८ देखि २०७८ सम्म खेतीयोग्य जमिन १६.६ प्रतिशत (२२ लाख हेक्टरबाट १८ लाख हेक्टर) ले घटेको छ । सबैभन्दा धेरै खेतीयोग्य भूमि सुदूरपश्चिम प्रदेशमा घटेको छ । सुदूरपश्चिममा ९.१ प्रतिशत, गण्डकीमा ७ प्रतिशत र कर्णालीमा ५.४ प्रतिशत मा उब्जाउ भूमि न्यून भएको छ ।

नेपालको श्रम बजारको स्थिति
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख रहेको छ । कुल जनसङ्ख्यामध्ये दुई करोड ३९ लाख (८२.२प्रतिशत) व्यक्ति १० वा सो भन्दा माथिको उमेर समूहमा पर्दछन् । तीमध्ये एक करोड ५७ लाख (६५.५प्रतिशत) व्यक्तिहरुलाई आर्थिक रुपले सक्रिय जनसङ्ख्या मानिएको छ । कुल श्रमशक्तिमध्ये ८२ लाख पुरुष र ७५ लाख म्हिला रहेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

प्रदेशहरुमध्ये आर्थिक रुपले सक्रिय जनसङ्ख्या सबैभन्दा धेरै (३४ लाख) बागमती प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम (नौ लाख ५० हजार) मात्र रहेका छन् । भौगोलिक क्षेत्रअनुसार तराईमा सबभन्दा धेरै (७८लाख) आर्थिक रुपले सक्रिय जनसङ्ख्या छ । हिमाली क्षेत्रमा सबैभन्दा कम (१०लाख) छन् ।

नेपालमा १० वर्ष वा सोभन्दा माथिको जनसङ्ख्याको श्रम सहभागिता दर ६५.५ प्रतिशत रहेको छ । जसमा पुरुषतर्फ ७१.३ प्रतिशत र महिलातर्फ ६०.४ प्रतिशत रहेको छ ।

नेपालमा १० वा सो भन्दा माथिको उमेर समूहमा अक्सर बेरोजगारी व्यक्तिहरुको सङ्ख्या सात लाख ६७ हजार ६ सय ५८ रहेको छ । जसमा चार लाख नौ सय २८ पुरुष छन् भने तीन लाख ६६ हजार सात सय ३० महिला रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार, रोजगारको स्थिति चार प्रमुख श्रेणीहरुमा वर्गीकरण गरिएको तथ्यांक कार्यालयले जनाएको छ । जसमा ४२ लाख(२८.६प्रतिशत) अरुको काम गर्ने, २ लाख (१.४प्रतिशत) रोजगारदाता, ८२ लाख (५५.३प्रतिशत) आफ्नै काम गर्ने र २१ लाख (१४.५प्रतिशत) परिवारलाई सघाउने देखिएका छन् ।

कुल श्रमशक्तिको सबैभन्दा ठूलो (८५लाख, ५७.३प्रतिशत) हिस्सा प्राथमिक क्षेत्र (कृषि, वन र मत्स्यपालन) मा संलग्न रहेको पाइएको छ । नेपालको १० वर्ष र माथिका कुल जनसंख्यामा केवल १ करोड ३ लाख (४२.९प्रतिशत) व्यक्तिहरु अक्सर रोजगार रहेका छन् । १० देखि १७ वर्षसम्मका बालबालिकाको श्रमशक्ति सहभागितादर ३२.१ प्रतिशत रहेको छ । जसमा पुरुष ३१.९ प्रतिशत र महिला ३२.२ प्रतिशत छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु