Thursday, May 7, 2026
Zenith Migration Education
Thursday, May 7, 2026

प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

Zenith Migration Education

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

स्पेनको सेभिल्लामा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै पर्यटन, जलवायु परिवर्तन, लगानी, जनता–जनताबीच सम्पर्कलगायत विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले समकक्षी साञ्चेजलाई नेपालको औपचारिक भ्रमणको निमन्त्रण दिँदै नेपालका स्पेनको दूतावास खोल्न आग्रह गरेका थिए ।

स्पेनका प्रधानमन्त्री साञ्चेजले राष्ट्रसङ्घको शान्ति मिसनमा नेपालले खेल्दै आएको भूमिकाप्रति प्रशंसा गरे ।

भेटवार्तामा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल सहभागी थिए । प्रधानमन्त्री स्पेनको मेड्रिड हुँदै सेभिल्ला पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु