Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

रोपाइँ संस्कृतिलाई आधुनिक बनाऔँ : प्रधानमन्त्री ओली

Zenith Migration Education

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय धान दिवसको अवसरमा नेपालको मौलिक कृषि परम्परा र आधुनिक प्रविधिबीच सामञ्जस्य स्थापित गर्दै उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिएका छन्।

मंगलबार, १५ असार अर्थात् राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपालको कृषि संस्कृतिलाई सम्मान गर्दै यसलाई व्यावसायिक र प्रविधिमैत्री बनाउनु आजको आवश्यकता भएको औँल्याए ।

देशबाहिर रहे पनि बाल्यकालका रोपाइँका दिनहरूलाई भावनात्मक रूपमा स्मरण गर्दै उनले नेपाली माटो र संस्कृतिप्रतिको आफ्नो गहिरो लगाव प्रकट गरे । ‘माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना – यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति हो,’ प्रधानमन्त्रीले आफ्नो सन्देशमा लेखेका छन्, ‘आज देश बाहिर भए पनि, बाल्यकालदेखिका रोपाइँको सम्झना आइरहेको छ ।’

उनको सन्देशमा परम्परागत कृषिको भावनात्मक पक्ष मात्र नभई यसको भविष्यको स्पष्ट मार्गचित्र पनि प्रस्तुत गरिएको थियो । कृषि क्षेत्रलाई अब पुरानै शैलीमा मात्र सीमित राख्न नहुने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘अब हामीले रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानु पर्छ ।’

यसका लागि सरकारले कृषि आधुनिकीकरणका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको पनि उनले स्मरण गराए । उनले कृषिमा आधुनिकीकरण केवल सरकारी प्रयासले मात्र सम्भव नहुने भन्दै यसमा सरिक हुन सम्पूर्ण किसान तथा सरोकारवालाहरूलाई आह्वान गरे । दहीचिउरा खाएर मनाइने यस सांस्कृतिक पर्वको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले कृषिमा क्रान्तिमार्फत देशलाई आत्मनिर्भर बनाउने अभियानमा जुट्न सबैलाई प्रेरित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु